महालक्ष्मी लाइफको विशेष साधारणसभा सम्पन्न, ९० करोडको आइपीओ जारी गर्ने निर्णय

काठमाडौं । महालक्ष्मी लाइफको विशेष साधारणसभा सम्पन्न भएको छ । आज होटल हुकुम दरबार कमलपोखरमा कम्पनीको सभा सम्पन्न भएको हो । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव गरेको छ ।

सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी वृद्धि गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।

त्यस्तै, सभाले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको छ ।

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी वृद्धि योजना पेश गरेको थियो ।

सोही योजना बमोजिम बीमा समितिबाट पूँजी वृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो ।

अब सोही पुँजीलाई आधार मानेर आइपीओ पनि जारी गर्नुपर्ने हुन्छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गरेको छ ।

सभामा अन्य जीवन बीमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा समेत पारित गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स