ज्योति लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा नायक हमाल पुनः नियुक्त

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमाल पुनः नियुक्त भएका छन् । कम्पनीले यसअघि पनि राजेश हमाललाई नै ब्राण्ड एम्बेसडरको रुपमा चयन गरेको थियो ।

कम्पनीको स्थापना कालदेखि नै कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक हमाल र ज्योति लाइफ इन्स्योरेन्सबीच वैशाख २२ गते सम्झौता नविकरण गरिएको हो ।

उक्त नविकरण सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश बिक्रम खत्री र महानायक राजेश हमालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धि कार्यहरुमा निरन्तरता दिनेछन् ।

नायक हमालले ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स