यूनियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल पुनःनियुक्त

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शुलभ अग्रवाल पुनःनियुक्त भएका छन् । कम्पनीको चौथो वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा पुनःनियुक्त भएका हुन् ।

यस्तै सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो ।

यसैगरी सो साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ ।

यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ संचालकको नियुक्ति भएको बिषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ ।

नवनियुक्त अध्यक्ष शुलभ अग्रवालले आगामी दिनमा कम्पनीको कामकारवाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई कम्पनीको ब्यवसाय विस्तार गर्ने र सेयरधनीहरुको चाहना अनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा बृद्धि गर्ने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स