यूनाइटेड इन्स्योरेन्स कम्पनीले पायो ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’अवार्ड

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ ।

भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्तरको ‘थर्ड इमर्जिङ एशिया इन्सुरेन्स कनक्लेभ एण्ड अवार्ड २०२१’ मा नेपालबाट बेष्ट जनरल इन्सुरेन्स कम्पनी अफ दि इयर अवार्डबाट युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेड सम्मानित भएको हो।

उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित भएकी थिइन् ।

कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल भएकोमा उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

कम्पनी संचालनको २८ औं वर्षमा कम्पनीले गत FY 2020-21 मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स