मर्जर र हकप्रदलाई विशेष योजनामा राखेर २४ बीमा कम्पनीले बुझाए समितिलाई पुँजी वृद्धि योजना, १५ बीमा कम्पनीले भने टेरेनन्

काठमाडौं । पुँजी वृद्धि योजना पेश गर्ने आज आइतबार अन्तिम दिन हो । पुँजी वृद्धि योजनाको पेश गर्न दिएको समय सीमाभित्र २४ वटा बीमा कम्पनीले बीमा समितिको निर्देशनलाई पालना गरेका छन् भने १५ वटा बीमा कम्पनीले बीमा समितिको निर्देशनलाई अटेर गरेका छन् ।

पुँजी वृद्धि कार्ययोजना बुझाउने कम्पनीहरूले कम्पनीको पुँजी वृद्धिका लागि मर्जर र हकप्रदलाई विशेष योजनाका रुपमा अघि सारेको समितिले जनाएको छ ।

समितिले निर्धारण गरेको समय सीमाभित्र पुँजी वृद्धिको योजना नबुझाउने बीमा कम्पनीलाई कारवाही गर्ने तयारी गरिएको हो । बीमा समितिले गत चैत १० गते ३० दिनभित्र पुँजी वृद्धि योजना पेश गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । उक्त अवधि हिजो शनिबार सकिए पनि समितिले अन्तिम दिन सार्वजनिक विदा परेकोले आज आइतबारसम्म योजना बुझाउने विश्वास लिएको थियो ।

तर, समितिले तोकेको समय सीमाभित्र पुँजी वृद्धि योजना नबुझाउने कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाउने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘समय सीमाभित्र क्यापिटल प्लान नबुझाएर समितिको निर्देशन अटेर गर्ने कम्पनीलाई आवश्यकत अनुसार कारवाही अघि बढाउने छौं,’ उनले भने ‘पहिला निर्धारित समय सीमाभित्र किन क्यापिटल प्लान नबुझाएको भनेर कम्पनीहरूलाई स्पष्टिकरण सोधिने छ ।’

समितिले दिएको समय सीमाभित्र पुँजी वृद्धिको कार्ययोजना पेश गर्ने जीवन बीमा कम्पनीहरूमा एशियन, महालक्ष्मी, मेटलाइफ, सूर्य, नेसनल, एलआईसी, सानिमा, सिटिजन, गुराँस र रिलायन्स रहेका छन् ।

निर्जीवनतर्फ नेको, लुम्बिनी, शिखर, नेपाल,सानिमा, आईएमई, एभरेष्ट, प्रुडेन्सियल, सगरमाथा, जनरल, अजोडले गत शुक्रबार नै पुँजीवृद्धि कार्ययोजना बुझाएका छन् ।

आज आइतबार आइएमई लाइफ, युनाइटेड इन्स्योरेन्स र सन् नेपाल लाइफ पनि पुँजी वृद्धि कार्य योजना समितिमा बुझाएका छन् ।

समितिले २०८० असार मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवनले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन चैत १० गते निर्देशन दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स