काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स लि. ले तुलसीपुर बसोबास गर्ने बीमित स्व.केशव वली को मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमती रुपा के.सी लाई मृत्यु दावी भुक्तानी गरेको छ ।
उनलाई तुलसीपुर शाखाका शाखा प्रमुख सतिश कुमार धितालले एक कार्यक्रमका बिच मृत्यु दावी बापतको चेक ४,८५,६००÷– (अक्षरुपीः चार लाख पचासी हजार छ सय मात्र ।) हस्तान्तरण गरेको हो ।
स्व. केशव वलीले बीमांक रकम चार लाखको गुराँस सावधीक जीवन बीमा गर्नु भएको थियो ।
कम्पनीको तुलसीपुर शाखाका प्रमुख धितालले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षती विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि आवश्यक रहेको बताए ।