राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते ३ आर्थिक वर्षको साधारणसभा गर्ने, बोनस भने पछिमात्र बाँडिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले यहि भदौ २६ गते आर्थिक वर्ष २०६६/६७ देखि २०६८/७९ सम्मको साधारण सभा गर्ने भएको छ । बीमा समितिले उल्लेखित ३ वर्षको लेखा परीक्षण स्वीकृत गरेपछि संस्थानले ३ आर्थिक वर्षको साधारणसभा (एजीएम) गर्न लागेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए ।

बीमा समितिले लेखापरीक्षण स्वीकृत नगर्दा संस्थानको २०६६/६७ देखि एजीएम हुन सकेको थिएन,’ उनले भने ‘अहिले समितिले ३ वर्षको लेखापरीक्षण पास गरिदिएको छ । त्यसैले हामीले भदौ २६ गते साधारणसभा गर्ने मिति नै तय गरेका हौं ।’

संस्थानले २०६८/०६९ सम्मको वित्तीय विवरण २०७४ सालमा बीमा समितिमा पठाएका थियो । त्यसको एक्चुरी भ्यालुएशन(बिमाङ्कीय मूल्यांकन) नभएको कारणले स्वीकृत भएको थिएन । करिब १ महिना अघि समितिले ३ आर्थिक वर्षको लेखापरीक्षण पास गरिदिएपछि संस्थानलाई एजीएम गर्न बाटो खुलेको हो । २०६५/६६ सम्म संस्थानको एजीएम भएको थियो । त्यसपछि हुन सकेको छैन ।

एजीएम नहुँदासम्म अहिले पनि बीमा संस्थान लथालिङ्गै जस्तो देखिएको छ । तर, हामीले आन्तरिक रुपमा भने काम गरिनै रहेका छौं । मेरो पहिलो नियुक्ति हुँदा १२ वर्षको एक्चुरी भ्यालुएशन हुन बाँकी थियो । अबको १ वर्षमा सबै एक्चुरी भ्यालुएशन सकिन्छ होला ।

संस्थानले आव २०७१/७२ सम्मको लेखा परीक्षण रिपोर्ट समितिमा पठाए पनि बीमाङ्किय मूल्यांकनले केही मिलाउन भनेकोले सो मिलाउन संस्थान अहिले लागि परेको छ ।

लामो समयदेखि अन्योलता रहेको संस्थानमा पाठकको दोस्रो पटक नियुक्तिसँगै यो प्रक्रिया अघि बढेको हो । संस्थानले आगामी २६ गते साधारणसभा गरेपनि अहिले आफ्ना सेयर होल्डरहरूलाई बोसन भने बाड्ने कार्यक्रम रहेको छैन । किनकी नियामक निकाय बीमा समितिले अघिल्लो आवसम्मको लेखा परीक्षण पास नभएसम्म सेयर होल्डरलाई बोनस नबाड्न निर्देशन दिएको छ । एक्चुरी भ्यालुयशन गरी सकेपछि दायित्वको काम आउँदो रहेछ ।

वित्तीय विवरण पछिल्लो सालको बनाउनलाई अघिल्लो सालको क्लोजिङ हुनुपर्छ । अनिमात्र अर्को सालको ओपन हुने हो । त्यो स्वीकृत नभएसम्म हाम्रो ओपनिङ ब्यालेन्स हुने भएन त्यसले गर्दा पनि हामी पहिले जहाँ थियौं आज पनि त्यहि छौं भनेको हो । ब्यालेन्स सिट स्वीकृत भएपछि मात्रै हाम्रो एजीएममा जान सक्ने योग्यता पुग्छ । बीमा समितिबाट स्वीकृत भएर आएको आवसम्मको साधारणसभा गर्न सकिन्छ । आगामी पुससम्म २०७४/७५ सम्मको लेखा परीक्षण गराउने तयारीमा संस्थान लागि परेको छ ।

संस्थानले अहिले डाटा माइग्रेशनको काम सकेर यहि भदौ २ गतेदेखि अनलाइनबाट प्रिमियम संकलन गर्न थालेको छ । अहिले कनेक्ट आईपीएसबाटमात्रै अनलाइन प्रिमियन संकलन गर्न सकिने अवस्था रहेकोले अन्य वालेटबाट समेत प्रिमियम बुझाउने सकिने सेवा शुरु गर्ने कार्य अघि बढाएको प्रशासक पाठकले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स