काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको रकम भुक्तानी हुने बताएका छन् । आज शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (नाफिज)सँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले सो बताएका हुन् ।
सरकारले व्यहोर्नु पर्ने ११ अर्ब ८२ लाख २० हजार रुपैयाँ निकासी नहुँदा कोरोना बीमीत भुक्तानी पाउन बाट बञ्चित छन् ।
१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका थिए । जसमा १ लाख ६१ हजार ५४९ जनाले दावी भुक्तानी माग गरेका छन् । १५ अर्ब ३२ करोड २० लाख ९२ हजार दावी भुक्तानी रकम रहेको छ ।
जसमा पुलबाट ३ अर्ब ५० करोड र बीमा कम्पनीबाट १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ भुक्तानी हुनु पर्छ ।
बीमा कम्पनीहरुले ४ अर्ब ७८ करोड ८१ लाख ७१ हजार रुपैयाँ दावी भुक्तानी गरिसकेका छन् ।