काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले नवलपरासीको बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ मा बसोबास गर्ने मृत्यक सुमन राना मगरको दावी भुक्तानी दिएको छ । बीमितले मृत्यु पश्चात इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगर लाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकम ५ लाख ९३ हजार ३२० रुपैयाँ दिइएको छ ।
गुँरास लाइफ इन्स्योरेन्स नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहितको टोलीले बैशाख १ गते नारायणगढ शाखामा एक कार्यक्रमबीच चेक हस्तान्तरण गरिएको हो । स्व. सुमन राना मगरको केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई वर्ष अघि सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाखको सावधीक जीवन बीमा गरेका थिए ।
शाखा प्रमुख सिग्देल ले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।