काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सिनियर डीसीईओमा नियुक्त गरेको हो ।
कम्पनीले दाहाललार्ई आज (चैत्र २१ गते) बाटै लागू हुने गरि उक्त पदमा नियुक्त गरेको हो ।
विगत २० बर्ष भन्दा बढी बैक तथा वित्तीय क्षेत्रमा व्यवस्थापकीय तहमा रहि काम गरिरहेका छन् ।
दाहालले शंकरदेव क्यापसबाट एमबीए गरेका उनले हिमालयन बैंकबाट बैकिंङ करिअरको सुरुवात गरेका थिए ।