८ महिनामा निर्जीवन बीमा कम्पनीको आम्दानी २५ अर्ब, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ आर्जन गरेका छन् । सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले फागुन मसान्तसम्म २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले १९ लाख ३९ हजार ३८५ बीमालेख जारी गरेको उक्त रकम आर्जन गरेका हुन् ।

फागुन महिनामा मात्र निर्जीवन बीमा कम्पनीहरुले २ लाख ३८ हजार ५०१ बीमालेख जारी गरेर ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ आर्जन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीमध्येमा एउटा १३ वटाले अर्ब रुपैयाँ भन्दा माथी, बाँकी ७ वटाको आम्दानी १ अर्ब रुपैयाँभन्दा कम छ ।
सबैभन्दा धेरै आम्दानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखर इन्स्यारेन्सले १ लाख ६५ हजार ५१६ वटा बीमालेख जारी गरेर ३ अर्ब १० करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ ।

आम्दानीको आधारमा दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले १ लाख ७७ हजार ५२१ वटा बीमालेख जारी गरेर २ अर्ब २२ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ ।

नेको इन्स्योरेन्सले १ लाख ८९ हजार ६५० वटा बीमालेख जारी गरेर १ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेर तेस्रो स्थानमा छ ।

सबैभन्दा न्युन बीमा शुल्क आर्जन गर्नेमा जनरल इन्स्योरेन्स रहेको छ । जनरल इन्स्योरेन्सले ५० हजार ७९६ बीमालेख जारी गरेर ६१ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/04/Non-life-insurance-Falgun2078_Web.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स