काठमाडौं । सरकारले चालु आर्थिक वर्ष समाप्त हुन ४ महिना बाँकी रहँदा निजीमती कर्मचारीको सामूहिक दुर्घटना बीमा गराएको छ । चालु आर्थिक वर्षको बजेटले निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा गराउने भने पनि दोस्रो चौमास सकिएपछि साढे महिनाको सामूहिक बीमा गराएको हो ।
आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको सार्वजनिक जानकारीमा निजामती कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बीमा गर्ने विषय उल्लेख गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम अनुसार संघीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा गर्ने कार्यक्रम अनुसार मन्त्रालयले चैत ६ गतेदेखि आगामी आर्थिक वर्ष २०७९ को भदौ २० गते सम्मका लागि १० लाखको सामूहिक बीमा गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमश पौडेलले जानकारी बताए ।
मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड काठमाडौँसँग सम्झौता गरेर संघीय निजामती सेवाका सबै स्थायी कर्मचारीको सामूहिक दुर्घटना बीमा गरेको जानकारी सबै निकायमार्फत गराएको छ ।