बीमा समितिले बढायो बीमा कम्पनीको चुक्ता पुँजी (निर्णयसहित)

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । आज बसेको बीमा समितिको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

समितिको आज बसेको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब पुर्याउने निर्णय गरेको हो । २०७९ साल चैत महिनासम्म सम्पूर्ण बीमा कम्पनीहरूले उक्त पुँजी कायम गरिसक्नु पर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिले तय गरेको मितिमा पुँजी पुर्याउन नसक्ने कम्पनीहरू बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशक, २०७६ बमोजिम हुने जानकारी पनि समितिले दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स