उधारो बीमाको कारवाहीमा पर्दै सानिमा र युनाईटेड इन्स्योरेन्स

काठमाडौं । बीमा समितिले सानिमा जनरल इन्स्योरेन्स र यूनाईटेड जनरल इन्स्योरेन्सलाई कारवाही गर्ने भएको छ । सानिमा जनरल इन्स्योरेन्स र यूनाईटेड जनरल इन्स्योरेन्सले उधारो बीमा लेख बिक्री गरेकाले बीमा समितिले कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

समितिको नियमित निरीक्षण अनुगमनले यी दुई निर्जीवन बीमा कम्पनीले उधारो बीमा लेख अन्य बीमा कम्पनीको तुलनामा बढी बिक्री गरेको पाइएको समितिका एक अधिकारीले जानकारी दिए ।

अन्य निर्जीवन बीमा कम्पनीले पनि उधारो बीमा पोलिसी बिक्री गरिराखेका छन् । तर, यी दुई निर्जीवन बीमा कम्पनीको उधारो बीमा अन्यको तुलनामा अत्याधिक बढी उधारो बीमा देखिएकाले कारवाहीको प्रक्रिया अघि बढाउन खोजिएको ती अधिकारी बताए ।

निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको करिब १३ प्रतिशत उधारो बीमा रहेको समितिले जानकारी दिएको छ ।

‘बीमा कम्पनीहरु बीचमा व्यवसाय बढाउनका लागि उच्च प्रतिस्पर्धा छ । पर्फमेन्स देखाउनका लागि पनि कम्पनीहरुले उधारो बीमा लेख बिक्री गर्ने गरेका छन्,’ ती अधिकारीले हाम्रोअर्थसँग भने, ‘उधारो बीमा लेख बिक्री नगर्नु भनेर समितिले निर्देशन पनि जारी गरिसकेको छ । तर, पनि बीमा कम्पनीको छवीमा दाग लाग्छ भनेर अहिलेसम्म समिति लचिलो बनिरहेको छ ।’

सधै बीमा कम्पनीहरु प्रति उदार बन्दा हेपाह प्रवित्ति मौलाउदै गइराखेकाले कारवाहीको प्रक्रिया अघि बढाउन खोजिएको बीमा समिति स्रोतले जानकारी दिए । बीमा समितिले बीमा कम्पनीसँग स्पष्टीकरण मागेपछि युुनाईटेड इन्स्याेरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पाैडेलले बीमा पाेलिसी भुत्तानी चेकबाट हुने र कतिपय अवस्था यसले पनि समस्या ल्याएकाे स्पष्ट पारेकी छिन् । अब उधाराे बीमा पाेलिसी बित्री नगर्ने प्रतिवद्ता गरेकी छिन् ।

उधारो बीमा पोलिसी खरिद गर्नेमा अधिकांश निर्माण कम्पनी रहेका छन् । ठूला ठेक्का र सरकारी ठेक्काको रकम भुक्तानीका लागि बीमा पोलिसी आवश्यक पर्छ । यसका लागि निर्माण कम्पनीहरुले निर्जीवन बीमा कम्पनीबाट उधारो बीमा पोलिसी खरिद गरेर आयोजनाको भूक्तानी लिन्छन् । भुक्तानी प्राप्त गरिसकेपछि निर्माण कम्पनीले उक्त पोलिसी खारेज गर्ने वा पोलिसीको रकम घटाउन खोच्छन् ।

यस्तो प्रकृतिको विक्रृती मौलाउँदै गएकारले बीमा समितिले चालु आवमा बीमा कम्पनीहरुलाई उधारो बीमा पोलिसी बिक्री नगर्न निर्देशन दिइसकेको छ । तर कम्पनीहरुले आफ्नो पर्फमेन्स र व्यवसाय बढाउनका लागि अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् ।

यस्तो प्रवृत्तीलाई निरुत्साहित गर्नका लागि समितिले बीमा कम्पनीहरुको हरेक काम कारवाहीको फिल्ड सुपरीवेक्षण गरिरहेको हुन्छ । यदि कुनै कम्पनीले उधारो बीमा पोलिसी बिक्री गरेको पाइएमा हर्जना तिराउनेदेखि शाखा विस्तारमा रोक, कारोबार रोक्का, पोटफोलियो नै रोकिन सक्ने र लाभांश वितरणमा समेत रोक्का गर्न सक्ने अधिकार समितिसँग छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स