नेको इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सम्पन्न २६औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कायम चुुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

सो अनुसार फागुन ३० गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा उपस्थित भई लाभांश प्राप्त गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स