काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट वितरण गर्ने ११.५७८९ प्रतिशित लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ । प्रस्तावित ११ प्रतिशत बोनस पारित पश्चात १ अर्ब ३४ करोड रुपैयाँ पुँजी पुग्ने छ ।