सिटिजन लाइफ इन्स्योरेन्स र खल्तीबीच साझेदारी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल सिटिजन अभियान अन्तर्गत नेपालको अनलाइन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ ।

यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागि सहज बनाउनुको साथै सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गर्ने छ ।

सिटिजन लाइफको अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षदेखि संचालनमा छन् । साथै, हालसालैदेखि अनलाईन बीमा दाबी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ ।

डिजिटल सिटिजन अभियान अन्तर्गत आगामी दिनहरुमा पनि थप डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स