अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा सम्झौता

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी र संघबीच बीमा सहकार्य गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले हस्ताक्षर गरे ।

सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।‬‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सहभागीलाई बीमाको फाइदाको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स