प्रभु लाइफको सीईओबाट पौडेलको राजीनामा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले राजीनामा दिएका छन् । पौडेलले २०७९ बैशाख १ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् । उनको राजीनामा कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको ११६ औं बैंठकले स्वीकृत गरेको हो ।

पौडेलले २०७६ साउन १ गतेदेखि कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका थिए ।

पौडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत हुन् । राष्ट्र बैंकबाट अवकाश पछि पौडेल प्रमु लाइफको सीईओमा नियुक्त भएका हुन् । राष्ट्र बैंकमा ३० वर्ष सेवा पूरा गरेर पौडल २०७६ जेष्ठ ३० गते प्रमु लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त भएका थिए । आफ्नो विज्ञताभन्दा बाहिरको क्षेत्रमा पौडेलले कुशलता पूर्वक नेतृत्व प्रदान गरिरहेका छन् ।

पाको उमेर र बीमा क्षेत्रमा विज्ञता कम भएकाले उनको स्थानमा सीई तथा नेपाल लाइफका पूर्व सीईओ सन्तोष प्रसाईंलाई प्रभु लाइफले सीईओ बनाउने तयारी गरिरहेको छ । प्रभु लाइफले यसको तयारी स्वरुप प्रसाईंलाई बीमा सल्लाहकारमा नियुक्त गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/6c5465af3f245f89ec433331c2744a04.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स