ड्रागन फल र किवी खेतीको बीमा, ८ प्रकारको क्षति सुरक्षण हुने

काठमाडौं । बीमा समितिले ड्रागन फल र किवी खेतीको बीमालेख जारी गरेको छ । बीमा समितिले ड्रागन फल तथा किवी खेतीको बीमालेख जारी गर्नका लागि निर्जीवन बीमा कम्पनीलाई फागुन २७ गते निर्देशन दिएको छ ।

ड्रागन फल र किवी खेती बीमाले ८ वटा क्षतिको सुरक्षण गर्ने बीमा समितिले जानकारी दिएको छ । जसमा बीमा अवधिभित्र आगोबाट, हावावाट, पानी वा मौसमबाट, भूमि, आकस्मिक वा दुर्घटनाबाट ,बाह्य कारणबाट हुने क्षति रोग वा किराजन्य क्षतिको सुरक्षण गर्नेगरी बीमालेखमा जारी गरिएको छ ।

समितिका अनुसार बीमाङ्क रकम कायम गर्दा फलफूल विकास केन्द्र र सो अन्तर्गतका कार्यलयको सिफारिस र उक्त कार्यलय नभएका जिल्लाको हकमा संघ प्रदेश तथा स्थानीय सरकारको सम्बन्धित निकायको कृषि प्राविधिकबाट सिफारिस गराउनु पर्ने छ ।

ड्रागन फल र किवी खेतीको बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न पाइने छैन । उक्त खेतीहरुको बीमाशुल्क बीमाङ्क रकमको ५ प्रतिशतका दरले लाग्ने छ ।

यस बीमालेख अन्तर्गत कुल बीमाङ्कको ५ प्रतिशत वा १० हजारमध्ये जुन कम हुन्छ सो रकम घटाएर बीमा दावी भुक्तानी हुनेछ ।

ड्रागन फलखेती १५ सय मिटरसम्मको उचाईमा गरेको हुनुपर्ने छ । किवी समुन्द्र सतहबाट ८ सय देखी २५ सय मिटरसम्मको उचाइमा खेती गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स