लगानीकर्ता झुक्याउने योजनामा थियो, नेपाल लाइफ

काठमाडौं । गत वर्षको माघमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३ हजार रुपैयाँसम्म पुगेको थियो । ५२ हप्ताको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सेयरको अधिकतम मूल्य २३ सय ३१ रुपैयाँ रहेको छ । आज कम्पनीको सेयर प्रति कित्ता ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत वर्ष नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकहरुले नयाँ फण्डा प्रयोग गरेका कारण सेयर मूल्यमा उछाल आएको थियो । सञ्चालकहरुले नेपाल लाइफ इन्स्योरेन्सको सेयरलाई ‘स्प्लीट’ गर्ने प्रस्ताव गरेका थिए । यो नेपाली सेयर बजारका लागि नयाँ अभ्यासको रुपमा देखा परेको थियो ।

सेयरलाई खण्डीकरण गरेर संख्या बढाउनुलाई ‘स्टक स्प्लीट’ भनिन्छ । नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकहरुले १ कित्ता सेयरलाई २ कित्ता सेयर बनाउने प्रस्ताव साधारण सभामा लगेका थिए । उक्त प्रस्ताव साधारण सभाबाट पारित पनि भएको थियो । तर नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकहरुको योजना बीमा समितिमा पुगेर तुहिएको थियो ।

सञ्चालकहरुले बीमा कम्पनीमध्येमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक महँगो भएको र स्टक स्प्लीट गर्दा आधा सस्तो हुने तर्क राखेका थिए । नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्य ५० बनाएर सेयर खण्डीकरण गर्न खोजिएको थियो । यदि नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालहरु उक्त योजनामा सफल भएका भए कम्पनी सेयर तत्कालिन मूल्य भन्दा आधा हुन्थ्यो भने सेयर संख्या भने डबलले बढ्ने थियो ।

५२ हप्ताको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर मूल्य २३ सय ३१ रुपैयौ रहेको छ । यदि सोही मूल्यमा स्टक स्प्लीट गरिएको भए कम्पनीको सेयर मूल्य आधा घटेर ११६५.५० रुपैयाँम कामय हुने थियो । कित्ता संख्या भने दोब्बर हुने थियो ।

नेपाल लाइफ इन्स्योरेन्सको स्टक स्प्लीट भएर सेयर संख्या बढ्ने हल्लाका बीच तत्कालिन समयमा कम्पनीको सेयर मूल्यमा उछाल आएको थियो । बजारमा आपूर्ति र कारोबार सहज बनाउन स्टक स्प्लीट गर्न सकिने व्यवस्था छ । तर नेपाल लाइफ इन्स्योरेन्सको हकमा भने त्यस्तो छैन । नेपाल लाइफ इन्स्योरेन्स रिइन्स्योरेन्सलाई छोड्ने हो भने सर्वाधिक चुक्ता पुँजी भएको बीमा कम्पनी हो । यसले गर्दा पनि नेपाल लाइफ इन्स्योरेन्सको सेयर आपूर्तिमा कुनै समस्या छैन । सेयर टुक्क्राएर मूल्य सस्तो जस्तो बनाउने नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकहरुको योजना रहेको थियो ।

सेयर स्प्लीट गर्दा लगानीकर्ताहरु झुक्किने खतरा पनि रहन्छ । नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकहरुको योजना पनि सोही रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्स भनेको नेपालकै ठूलो बीमा कम्पनीमध्ये एक हो । नाफा र कारोबारको हिसाबमा पनि लामो समयदेखि नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा रहँदै आइरहेको छ । यस्तो कम्पनीको स्टक स्प्लीट हुँदा सेयर बजारको विषयमा राम्रो ज्ञान नभएका र नयाँ लगानीकर्ता फस्ने सम्भावना उच्च रहन्छ छ ।

विगतमा ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर सस्तोमा पाइएको भनेर नयाँ र प्रयाप्त जनकारी नभएका लगानीकर्ताले खरिद गर्न सक्ने सम्भावना प्रवल रहन्थ्यो । तर, उनीहरु आफूले खरिद गरेको कम्पनीको अंकित मूल्य ५० रुपैयाँ हो भनेर थाहा नहुन सक्थ्यो ।

आज सोमबार सोल्टी होटलको सेयर मूल्य २०४ रुपैयाँ छ । आम लगानीकर्तालाई नेपालको चर्चित ५ तारे होटलको सेयर मूल्य सस्तो लाग्न सक्छ । सोल्टीको सेयर मूल्य २ सय रुपैयाँको आसपास हुनुको कारण यसको अंकित मूल्य नै प्रमुख कारण हो । सोल्टीको अंकित मूल्य १० रुपैयाँ मात्र हो । यदि सोल्टीको अंकित मूल्य १०० रुपैयाँ भएको भए आजको दिनमा यस कम्पनीको सेयर २०४० रुपैयाँमा कारोबार भइरहेको हुन्थ्यो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स