नेपाल लाइफलाई स्पष्टिकरण सोध्दै बीमा समिति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा समिति स्पष्टिकरण सोध्ने भएको छ । सीईओले राजीनामा दिएको ४ महिना बेथित हुँदा पनि नयाँ सीईओ नियुक्त नगरेको भनेर बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई स्पष्टिकरण माग गर्ने तयारी अघि बढाइएको प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

‘नेपाल लाइफ इन्स्योरेन्सलाई स्पष्टिकरण सोध्ने तयारीमा छौं,’ प्रवक्ता पौडेले, ‘पत्र पठाएपछि यस विषयमा थप जानकारी दिन्छु ।’

नेपाल लाइफ इन्स्योरेन्स सीईओ विहिन भएको धेरै समय भइसकेको छ । लामो समय बेथित हुँदा पनि किन सीईओ नियुक्त नगरेको भनेर नेपाल लाइफ इन्स्योरेन्ससँग प्रष्टिकरण सोध्ने प्रक्रियामा बीमा समिति रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका सीईओ सन्तोष प्रसाईंले कार्तिक १८ गते राजीनामा दिएका थिए । अघिल्लो सीईओ विवेक झाको तुलनामा संस्थाको व्यवसायिक प्रगति नघटेपनि बीमा अभिकर्ता तथा कतिपय आन्तरिक विवादहरु मिलाउन नसकेको भन्दै सञ्चालकहरुले परफरमेन्समा प्रश्न उठाएपछि उनले राजीनामा दिएका हुन् ।

प्रसाईं सीईओ नियुक्त भएको ९ महिना नबित्दै पदबाट राजीनामा दिएका हुन् । प्रसाईं २०७७ माघ २७ गतेको सञ्चालक समितिको बैठकबाट सीईओ नियुक्त भएका थिए ।

तत्कालीन सीईओ विवेक झाले २ कार्यकाल पूरा गरी संस्था छाडेपछि डेपुटी सीईओका रुपमा कार्यरत प्रसाईंलाई सीईओ बनाइएको थियो । नेपाल लाइफ इन्स्यारेन्सले कम्पनीमा नयाँ सीईओ बनाउने भन्दै प्रवीणरमण पराजुलीलाई नियुक्त गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पद छोडेर प्रवीणरमण पराजुली नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ)मा नियुक्त भएका हुन् । ६ महिना पछि सीइओ बनाउने गरेर पराजुलीलाई सिनियर डीसीओमा नियुक्त गरिएको हो । पराजुलीले सिनियर डीसीओको रुपमा पुस २५ गते कार्यभार सम्हालेका हुन् ।

कुलिन पिरेडका कारण उनलाई सञ्चालकले चाहेर पनि प्रमृख कार्यकारी अधिकृत बनाउन सकेका छैन । पराजुली सीईओ बन्नको लागि अझै असार २५ गते पर्खनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स