नयाँ बीमा कम्पनी व्यवसायमा आक्रमक

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरु व्यवसायमा आक्रमक देखिएका छन् । नयाँ जीवन बीमा कम्पनीहरु व्यवसायमा आक्रमक बन्दा चालु आर्थिक वर्षको पहिलो ७ महिनामा प्रथम बीमाशुल्क मार्फत् २३ अर्ब ३ करोड २६ लाख रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

केही नयाँ जीवन बीमा कम्पनीहरुले नवीकरण बीमा शुल्कभन्दा प्रथम बीमा शुल्क धेरै आर्जन् । नवीकरण बीमा शुल्कको तुलनामा प्रथम बीमा शुल्कबाट धेरै आम्दानी गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, रिलियाबल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्यारेन्स रहेका छन् ।
यस्तै सानीमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क र नवीकरण बीमा शुल्कबाट भएको आम्दानी करिब समान नै रहेको छ ।

नेपालमा बीमा व्यवसायको विस्तार कम भएको भन्दै सरकारको निर्देशनमा बीमा समितिले २०७४ मा १० जीवन बीमा र ३ निर्जीवन बीमा कम्पनीलाई सञ्चालनको अनुमति दिएको छ । ४ वर्षको अवधिमा नयाँ बीमा कम्पनी आक्रमक रुपमा व्यवसाय विस्तारमा लागेको तथ्यांकमा देखिन्छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले पहिलो सात महिनामा कुल बीमा शुल्क ८१ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क ४३ करोड ५८ लाख रुपैयाँ र नवीकरण बीमा शुल्क ३८ करोड ३४ लाख रुपैयाँ छ ।
प्रभु लाइफ इन्स्योरेन्सले १ अर्ब १७ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क ६४ करोड ४७ लाख रुपैयाँ र नवीकरण बीमा शुल्क ५२ करोड ९७ लाख रुपैयाँ छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क १ अर्ब ६० करोड ९ लाख रुपैयाँ र नवीकरण बीमा शुल्क १ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ ।

रिलियाबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ८१ करोड ९८ लाख रुपैयाँ बीमा नवीकरण शुल्क आर्जन गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ९१ करोड ७२ लाख रुपैयाँ बीमा नवीकरण शुल्क आर्जन गरेको छ ।

सानीमा लाइफ इन्स्योरेन्सले कुल १ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्कबाट ६५ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्कबाट ९२ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

आम्दानीमा नेपाल लाइफ अघि

जीवन बीमा कम्पनीहरुमध्येमा सबैभन्दा धेरै आम्दानी गर्नेमा पहिलो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जीवन बीमा कम्पनीहरुको कुल व्यवसायमध्ये नेपाल लाइफ इन्स्यारेन्सको हिस्सा २५ प्रतिशत रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ८ लाख ५३ हजार ८२५ बीमा लेख बिक्री गरेर २१ अर्ब ८ करोड ५४ करोड रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०ले ९ अर्ब ७५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।

७ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ आम्दानीसहित नेशनल लाईफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स