प्रभु लाइफ इन्स्योरेन्सको एजीएम चैत ६ गते, के छन् एजेन्डा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा चैत ६ गते हुने भएको छ । इन्स्योरेन्सको साधारण सभा काठमाडौं स्थित रेडिसन होटलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम अनुमोदन गर्ने, संस्थाप सेयरधनीको तर्फबाट एक जना र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २२ गतेसम्म नेप्समा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स