७ महिनामा जीवन बीमा कम्पनीको आम्दानी ८१ अर्ब ३० करोड, नेपाल लाइफको हिस्सा २५ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ आम्दानी गरेका छन् । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले १ करोड १० लाख ८६ हजार बीमा लेख बिक्रीबाट उक्त बीमा शुल्क प्राप्त गरेको हो ।

जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क र नवीकरणबाट उक्त रकम प्राप्त गरेका हुन् ।

पहिलो ७ महिनामा प्रथम बीमा शुल्क बापत २३ अर्ब ३ करोड ३६ लाख रुपैयाँ र नवीकरणबीमा शुल्कबाट ५८ अर्ब २६ करोड ९७ लाख रुपैयाँ आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुमध्येमा सबैभन्दा धेरै आम्दानी गर्नेमा पहिलो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जीवन बीमा कम्पनीहरुको कुल व्यवसायमध्ये नेपाल लाइफ इन्स्यारेन्सको हिस्सा २५ प्रतिशत रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ८ लाख ५३ हजार ८२५ बीमा लेख बिक्री गरेर २१ अर्ब ८ करोड ५४ करोड रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ९ अर्ब ७५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।

७ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ आम्दानीसहित नेशनल लाईफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा यस्तो छ जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्कको अवस्था

रकम लाखमा

स्रोत बीमा समिति

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स