कृषि बीमामा सरकारले दिएन भुक्तानी, बीमा कम्पनीले साढे ६० करोड प्रिमियम पाउन बाँकी

काठमाडौं । सरकारले बीमा कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको साढे ६० करोड रुपैयाँ बराबरको प्रिमियम भुक्तानी गर्न बाँकी रहेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार सरकारले चालु आवको पुसमसान्तसम्म बीमा कम्पनीहरुलाई ६० करोड ५९ लाख ५६ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

सरकारले उक्त रकम सञ्चालनमा रहेका २० निर्जीवन कम्पनीलाई भुक्तानी गर्नु पर्ने हो ।

नेपालमा कृषि क्षेत्रलाई व्यवसायिक र सुरक्षित बनाउन कृषि मन्त्रालयको नेतृत्वमा बीमा समितिले कृषि तथा पशुपन्छी बीमा पोलिसी सञ्चालन गरिरहेको छ ।

२०६९ माघ १ गतेदेखि औपचारिक रुपमा कृषि तथा पशुपन्छी बीमाको सुरुवात भएका हो । सरकारले कृषि तथा पशुपन्छी बीमा गर्न कृषकलाई अभिप्रेरित गर्न प्रमियममा अनुदान दिँदै आइरहेको छ ।

सरकारले यस अघि कृषि तथा पशुपन्छी बीमामा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको थियो । भने, चालु आवको बजेटमा अनुदान रकमलाई ३० प्रतिशत विन्दुले बढाएर ८० प्रतिशत पुर्याइएको छ । कृषिकले कृषि तथा पशुपन्छी बीमा गर्दा प्रिमियमको २० प्रतिशत भुक्तानी गर्नु पर्छ भने बाँकी ८० प्रतिशत प्रमियम सरकारले भुक्तानी गरिदिन्छ ।

निर्जीवन बीमा कम्पनीहरुलाई उक्त भुक्तानी पशु सेवा विभाग र कृषि विभागले गर्नु पर्ने हुन्छ ।

कृषि विभागले ८ करोड १ लाख ८४ हजार र कृषि सेवा विभागले ५२ करोड ५७ लाख ७२ हजार रुपैयाँ बीमा कम्पनीहरुलाई प्रिमियम तिर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स