नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लगातार दुई वर्ष नेपाल लाइफ, कोटेश्वरबाट क्वालिफाइ भएकोमा दिपक थापालाई हार्दिक बधाईका साथै अगामी दिनमा अझ सफलताको शुभकामना व्यक्त गरेको छ ।

विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था एमडिआरटी अन्तर्गत दोस्रो तह सिओटीमा २०२०।२१ र २०२१।२२ मा लगातार दुई वर्ष नेपाल लाइफ, कोटेश्वरबाट क्वालिफाइट भएकोमा नेपाल लाइफ, कोटेश्वर शाखाले बधाई दिएको हो ।

फागुण ११ गते (बुधवार)का दिन नेपाल लाइफ,कोटेश्वर तर्फबाट एक कार्यक्रम आयोजना गरी शाखा प्रमुख (ज्ञानेन्द्र मान तुलाधरले) दिपक थापा जीवन बीमा व्यवसायमा अति लगनशील भई नेपाल लाइफ, कोटेश्वरबाट २०२०।२१ मा १६ औं स्थान र २०२१।२२ मा ५ औं स्थानमा रहेको जानकारी गराउदै २०२२।२३ मा पनि सफल रुपमा अगाडि बढ्न शुभकामना दिएको छ ।

उक्त कार्यक्रममा अनुज कुमार झा (वरिष्ठ सहायक) , प्रियंका कार्की (सहायक) कर्मचारीका साथै गोविन्द प्रसाद भट्टराई (वरिष्ठ एजेन्सी मैनेजर) ,रुपक न्यौपाने (एजेन्सी मैनेजर) र जानुका कार्की (एजेन्सी मैनेजर) हरुले पनि बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स