नेपाल लाइफ इन्स्योरेन्सले लाभांश बाढ्न नपाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश बाढ्न नपाउने भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४.७३ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सको आन्तरिक व्यवस्थापन फितलो देखिएकाले अहिले घोषणा गरिएको लाभांश बाढ्न रोक लगाउने तयारी बीमा समितिले गरिरहेको स्रोतले जानकारी दिएको छ ।

तर, कम्पनीको आन्तरिक व्यवस्थापन र वास्तिवक वित्तीय सुचांक सो लाभांश वितरणका लागि तालमेल नमिलेको आशंकामा समितिले लाभांश स्वीकृत नगरेको उच्च स्रोतले जानकारी दिएको छ ।

लगानीकर्ता झुक्याउँदै नेपाल लाइफ इन्स्योरेन्स

‘कम्पनीको आन्तरिक व्यवस्थापन प्रणाली समस्या देखिएको छ, सार्वजनिक वित्तीय विवरण र वास्तविकतामा मेल छैन,’ बीमा समिति उच्च अधिकारीले भने, ‘कम्पनीलाई थप बलियो बनाउने पर्ने देखिएको छ, त्यसैले प्रस्तावित लाभांश वितरण स्वीकृत नगर्ने विषयमा छलफल चलिरहेको छ ।’

कम्पनीलाई लाभांश वितरण गर्न भन्दा वास्तविक वित्तीय अवस्था पत्ता लगाएर सोही अनुसार कम्पनी बलियो बनाउन निर्देशन दिइएको स्रोतको भनाइ छ । सोही कारण समितिले कम्पनीलाई माघ मसान्तम सम्पतीरदायित्व मूलयांकन (डीडीए) गराउन निर्देशन दिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको लगानी उच्च जोखिममा

ब्लू चिपको ट्याग गुमाउँदै नेपाल लाइफ इन्स्योरेन्स

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स