एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आ.व. २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. १,१८,३६,०४,४०० (अक्षरेपी एक अरब अठार करोड छत्तीस लाख चार हजार चार सय मात्र) को ६ (छ) प्रतिशतका दरले हुन आउने रकम रु ७१०,१६,२६४ (अक्षरेपी सात करोड दश लाख सोह हजार दुई सय चौसठी मात्र) बराबरको बोनस शेयर एवं उक्त बोनस सेयरमा लाग्ने कर वापत चुक्ता पूँजीको ०.३१५८ प्रतिशतले हुन आउने रकम रु ३७,३७,६९८ (अक्षरेपी सैतीस लाख सैतीस हजार छ सय अन्ठानब्बे मात्र) नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स