नेशनल लाइफ इन्स्योरेन्स ३५ औँ वर्षमा, लाभांशकै कारण लगानीकर्तामा बढ्दो आकर्षण

काठमाडौं । कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत लाभांश घोषणा गरिसकेको छ । कम्पनीले आर्थिक वषै २०६९/७० मा सबैभन्दा धेरै ७०।५ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले बीमा संकलनको हिसाबले पनि आक्रामक रहेको छ। प्रत्येक वर्ष राम्रो नाफा कमाउँदै आएको छ ।

राजपरिवारका सदस्य समेतका लगानीमा सुरु भएको कम्पनीमा आज संस्थापक लगानीकर्ताको ६५ प्रतिशत र सर्वसाधारण समुहको ३५ प्रतिशतले शेयर लगानी रहेको छ । कूल तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार २०३ रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीमा २।१५ प्रतिशत विदेशी साझेदार, १० प्रतिशत राष्ट्रिय बाणिज्य बैंक तथा बाँकी ३५ प्रतिशत सर्वसाधारण तथा ५२।८५ संस्थापक शेयरमा नेपाली उद्यमीहरुको लगानी रहेको छ ।

प्रविधिको सहायताबाट सरल र सर्वसुलभ बीमा सेवा प्रवाह गर्न प्रतिबद्ध रहँदै आएको नेशनल लाइफले जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड १२ लाख ३५ हजार ७१७ रुपैयाँ संचिती गर्न सफल भएको छ । जगेडा कोष र महाविपत्ति कोष सहित करिब आधा खर्बको कोष बनाएर अघि बढेको नेशनल लाइफ जीवन बीमाको दीगो विकासमा जोड दिँदै आएको छ । ६४ देखि ८५ रुपैयाँ घोषित बोनस दर रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालकै सर्वाधिक बोनस दिने कम्पनी हो ।

बीमितलाई अधिकतम लाभ, लगानीकर्ताहरुलाई समुचित प्रतिफल तथा आम सर्वसाधारणलाई सरल बीमा सेवा प्रवाह गर्दै आएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशका १०१ वटा शाखा र उपशाखा कार्यालयमार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशैभरि फैलिएका एक लाख भन्दा बढि बीमा अभिकर्ता, हजारौं एजेन्सी म्यानेजर तथा सिनियर एजेन्सीहरुमार्फत आम जनतामा बीमा सचेतना फैलाउँदै आएको कम्पनीले पछिल्लो समय बीमा व्यवसायमा दरिलो उपस्थिति दर्शाउदै अघि बढिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स