बीमा समितिको दोहोरो चरित्रः नयाँलाई लाइसेन्स, पुरानालाई मर्जरमा थप सुविधा दिँदै

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको दोहोरो चरित्र देखिएको छ । समितिले पुँजी कम भएकोले बढी पुँजी तोकेर नयाँ कम्पनीको लाइसेन्स खुल्ला गर्ने र पुराना कम्पनीलाई मजृर गराउने रणनीति अबलम्बन गरेको छ ।

समितिले जीवन, निर्जीवन र लघु बीमा कम्पनीको लाइृिनस वितरण गर्ने योजना बनाएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिल्वालले सार्वजनिक कार्यक्रममै नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स बाढ्ने बताउँदै आएका छन् ।

समितिले आधिकारिक रुपमा बीमा कम्पनीको लाइसेन्स भने खुलाएको छैन । तर बीमा कम्पनीहरुको नयाँ आवेदन भने धमाधम दर्ता लिइरहेको छ ।

बीमा कम्पनीहरुको चुक्ता पुँजी कम र संख्या धेरै भएकाले समितिले मर्जरलाई पनि प्राथमिकतामा राखेको छ । मर्जरमा जाने कम्पनीहरुलाई बीमा समितिले थप सुविधा अघि सारेको छ । फागुनको पहिलो साता बसेको समितिको बोर्ड बैंकले मर्जरमा जाने बीमा कम्पनीलाई थप सुविधा दिने प्रस्ताव गरेको हो ।

यस्ता छन् मर्जरमा जानेलाई छुट तथा सुविधा

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/Merger-and-Acquisition-Directives-with-First-ammendment_compressed-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स