काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले आज शनिबार प्राथमिक सेयर बाँडफाँड गरेको छ । सानिमाको आईपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन दिएका थिए । त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन आईपीओको लागि योग्य थिए भने १ लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन् ।
त्यस अनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाएका छन् । १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खाली भएको छ ।
कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ ।
कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको कुल ६० लाख कित्तामध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो ।