हिमालयन रिको प्रारम्भिक वर्ष चुनौतीपूर्णः अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी

काठमाडौं । हिमालय रिइन्स्यारेन्सले ‘बी’ रेटिङ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एएम बेस्टबाट हिमालयन रिइन्स्यारेन्सले बी रेटिङ प्राप्त गरेको हो ।

एएम बेस्टले हिमालयन रिको वित्तीय सक्षमतालाई ‘बी’ फेयर र दीर्घकालीनसशेयरजारीकर्ता कम्पनीकोरूपमा ‘डलब बी प्लस’ ‘फेयर’ क्रेडिट रेटिङ प्रदान गरेको छ । यी क्रेडिट मूल्याङ्कनहरूलाई तोकिएको दृष्टिकोण स्थिर हो ।

एमएले हिमालयन रि नयाँ कम्पनी भएकाले उच्च प्रारम्भिक खर्च र पर्याप्त व्यवसायको अभावले गर्दा सुरुका केही वर्ष चुनौती पूर्ण देखिने औल्याएको छ । त्यसपछि भने हिमालयन रिले क्रमिक रुपमा व्यवसाय सुधार गर्ने रेटिङ कम्पनीले जनाएको छ ।

एमएले हिमालयन रिको सञ्चालन कार्यसम्पादन, सीमित व्यापार प्रोफाइल र उपयुक्त व्यवसायीक जोखिम व्यवस्थापनलगायतको अध्ययन गरेको थियो ।

पुँजी पर्याप्तता अनुपातको आधारमा हिमालयन रिको वासलातले आगामी ५ वर्षका लागि जोखिम समायोजन गर्न सक्ने देखिएको छ । प्रारम्भको ५ वर्षका लागि ७० करोड रुपैयाँको चुक्ता पुँजी व्यवसायीक प्रगतीको लक्ष्य हासिल गर्न सहयोगी हुनेछ । कम्पनीले निकट भविष्यमा जारी गर्ने साधारण सेयरले कम्पनीको वित्तीय सबलतालाई अझै बलियो बनाउन सहयोग पुर्याउँछ ।

एएमबेष्टले व्यवसायको आकार निकै सानो रहेको औल्याएको छ । नेपालको साना बजारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको भविष्य खासै नदेखे पनि छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सक्ने जनाएको छ ।

एमबेष्टले हिमालयन रिलाई कम जोखिमयुक्त लगानीको पोर्टफोलियो बनाउन सुझाव दिँदै मुद्दति निक्षेप तथा सरकारी ऋणपत्रमा मात्रै सीमित रहन सुझाव दिइएको छ । एमबेष्टले हिमालयन रि इन्स्योरेन्स कम्पनीले ठूलो मात्रामा जोखिम लिएर कम मात्रामा रेट्रोसेसन गरेको औल्याएको छ ।

हिमालयन रिले बीमा समितिबाट गत वर्ष असारमा संचालन इजाजत प्राप्त गरेर कारोबार शुरू गरेको हो । बीमा समितिले नेपाली बीमा कम्पनीहरूलाइ अनिवार्यरूपमा स्वदेशी पूनर्बीमकसँगै बीमा गर्नुपर्ने प्रावधान लागू गरेपछि हिमालयन रिलाई प्रारम्भिक चरणमै व्यवसाय प्राप्त गर्न ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स