हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । उनले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

आज कार्यभार सम्हाल्दै उनले भने ‘ हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु ।’ वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ ।

यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै इतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्देश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।’

यसअघि हिमालयन जनरल ईन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आउनुभएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरेका थिए । उनको कार्यकालमा यस कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरि व्यवसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो ।

हिमालयन जनरल इन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा सीईआ थिए ।
हिमालयन जनरल इन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले बीमा क्षेत्रमा शाहको राम्रो अनुभव र बुझाइ भएको बताए ।

उहाँँको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाइमा पुर्याउन उहाँँको उल्लेखनीय योगदान रहनेछ,’ उनले भने । साथै शाहको कार्यकालमा निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिती विश्वस्त रहेको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स