काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.६४ प्रतिशत कम हो । गत आर्थिक वर्षको साही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा कम्पनीले सेयर लगानी नोक्सानी वापत १७ करोड ६६ लाख ६८ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफा घटेको हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ५.९८ प्रतिशत बढेर १८ अर्ब ११ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्ममा कम्पनीले जीवन बीमा धितो बापत २१ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
सो अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार ७१४ दाबीवापत ६ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सको जगेडा कोष ६६.३६ प्रतिशत बढेको छ । इन्स्योरेन्सको जीवन बीमा कोष २३.२५ प्रतिशत र महाविपत्ती कोष २०.१७ प्रतिशत बढेको छ ।