नेपाल लाइफ इन्स्योरेन्सले गर्यो २ दिनमै दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कोटेश्वर शाखाले दावी गरेको दुई दिनमै मृत्युदावीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

वि.सं.२०६९ माघ २८ गते २ लाख बीमांकको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो ।

कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर (ज्ञानु)ले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिलनाथ फुयाललाई मृत्युदावीको चेक रकम हस्तान्तरण गरे ।

कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक अनुज कुमार झा, सहायक प्रियंका कार्की र वरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स