प्रभु लाइफको बीमा शुल्क साढे ६४ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ४१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ६० करोड ९९ लाख २९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले गत आवको सोही अवधिको तुलनामापुस मसान्तसम्म ६४.६४ प्रतिशतले बमिा शुल्क बढाएको हो । कम्पनीको बीमाकीय मूल्यांकन अघिको खुद नाफामा भने २३.४२ प्रतिशतले गिरावट आएको छ ।

यस अवधिमा कम्पनीले ६ करोड १९ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीले ८ करोड ८ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बीमांकीय मूल्यांकन पछि भने कम्पनीको नाफामा फेरबदल आउने छ । इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ८ करोड ४३ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बीमालेख धितोमा ४१ करोड ६९ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरी ७० लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवको दोस्रो त्रैमासम्मको अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा १७ करोड ६६ लाख ८९ लाख रुपैयाँ खर्चेको छ । कम्पनीले २६ वटा बीमा दावीवापत ९६ लाख १६ हजार रुपैयाँ कुल दावी भुक्तानी गर्न बाँकी छ ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रति सेयर आम्दानी ६ रुपैयाँ १९ पैसा छ । कम्पनीको जगेडा तथा कोषमा ४१ करोड ९९ लाख ५९ हजार रुपैयाँ र जीवन बीमा कोषमा २ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स