नेपाल लाइफ इन्स्योरेन्सले ३२ अर्ब बीमा शुल्क आर्जन गर्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्म ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.९३ प्रतिशत बढी हो । इन्स्योरेन्सको नाफामा झिनो सुधार देखिएको छ भने ईपीएस घटेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १.०५ प्रतिशत बढेर ५३ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा ३१ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा ७१.०३ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा कोष २९.२९ प्रतिशत बढेको छ । महाविपत्ति कोष ६.१३ प्रतिशत बढेको छ । इन्स्योरेन्सले सो अवधिसम्ममा १९ अर्ब ५४ करोड रुपैयाँ जीवन बीमालेख धितो कर्जा प्रवाह गरेको छ र सो लगानीबाट इन्स्योरेन्स १ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २१ पैसा घटेर ७ रुपैयाँ ४४ पैसामा झरेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २५७.८० गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स