नेपाल लाइफ इन्स्यारेन्सको बोनस दर सार्वजनिक, बीमितले ८२ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितका लागि आर्थिक वर्ष २०७६/७७ का लागि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सको आव २०७६/७७ को आर्थिक स्थितीको लेखा जोखा र दायित्वको मूल्यांकन प्रतिवेदन (एक्चुअरी भ्यालुएसन) बीमा समितिले माघ १३ गते स्वीकृत थियो । बीमा समितिले एक्चुअरी भ्यालुएसन स्वीकृत गरेसँगै इन्स्योरेन्सले माघ १६ गते (आइतबार) नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले आफ्ना बीमितलाई प्रति हजारमा ५६ रुपैयाँ र अधिकतम ८२ रुपैयाँ बोनस दर घोषणा गरेको छ ।
इन्स्योरेन्सले ४ किसिमका बीमा लेख बिक्री गर्दै आइरहेको छ । जसमा सावधिक, सावधिक तथा आजीवन, अग्रिम भुक्तानी र अग्रिम भुक्तानी सावधिक बीमा लेख बिक्री गर्दै आइरहेको छ ।

इन्स्योरेन्सको सवाधिक बीमा लेखमा न्यूनतम ६० रुपैयाँ र अधिकतम ८२ रुपैयाँ बीमा दर तोकेको छ ।
शून्यदेखि २० वर्षसम्मका बीमा लेखमा प्रति हजार ६० रुपैयाँ बीमा दर कायम गरिएको छ । २६ वर्ष माथिको बीमा अवधिमा ८२ रुपैयाँ प्रति हजार बोनस दर इन्स्योरेन्सले बीमितलाई दिनेछ ।

इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेखमा न्यूनत ६० रुपैयाँ र अधिकतम ८२ रुपैयाँ बोनस दर सार्वजनिक गरेको छ । शून्यदेखि २० वर्षसम्मको बीमा अवधिलाई प्रति हजार ६० रुपैयाँ बोनस दर तोकिएको छ । २१ वर्षदेखि २५ वर्षसम्मको बीमा अवधिलाई ७० रुपैयाँ बोनस दर कायम गरिएको छ । २६ वर्षमाथिको बीमा अवधिलाई ८२ रुपैयाँ प्रति हजार बोनस दर तोकिएको छ ।

इन्स्योरेन्सले सबैभन्दा कम बोनस दर अग्रिम भुक्तानी बीमालेख लिनेलाई दिनेछ । १५ वर्ष अवधिको अग्रिम भुक्तानी बीमा लेख खरिद गर्नेले प्रति हजार ५६ रुपैयाँ र २० वर्षको अवधिकोले ५८ रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक बीमा लेख खरिद गर्नेलाई प्रति हजार ६० रुपैयाँ बोनस दर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स