नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्यारेन्सलाई जरीवाना गराएको छ । बीमा समितिले संस्थागत सुशासन विपरित माथिल्लो तहमा अयोग्य व्यक्तिलाई नियुक्त गरे बापत १० हजार रुपैयाँ र सञ्चालक समिति मातहत गठन गरिएको उप समिति संस्थागत सुशासन विपरित भएकोले १० हजार गरी कूल २० हजार रुपैयाँ जरिवना तिर्न निर्देशन दिएको हो ।

‘बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका श्री अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको छ,’ बीमा समितिको विज्ञप्तिमा उल्लेख छ ।

इन्स्योरेन्सले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा परेको थियो । त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन÷विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएको छ ।

यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था छ । उक्त व्यव्सथा विपरित इन्स्योरेन्सले विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स