राकेश पोखरेलले रिलायन्स लाइफको सीईओ पद सम्हाले

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट राकेश पोखरेलले रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका छन् । बीमा समितिबाट सीईओ पदमा नियुक्तीका लागि स्वीकृत प्राप्त भएपछि कम्पनी सञ्चालक समितिले पोखरेललाई सीईओमा नियुक्ती गर्ने निर्णय गरेपछि उनले आज बिहीबार पदभार सम्हालेका हुन् ।

कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलले अर्थशास्त्रको ज्ञान र लेखासम्बन्धी प्राविधिक शिप र यसअघिको बीमा कम्पनीहरुमा काम गर्दाको अनुभवलाई रिलायन्स लाइफमा प्रयोग गर्नेछन् ।

करिब एक दशक बीमा क्षेत्रमा विताएका पोखरेलले रिलायन्स लाइफलाई बीमितको थप विश्वास जितेर व्यवसाय बृद्धि गरी बीमाको पहुँच थप विस्तार गर्ने चुनौतिको सामना गर्नुपर्नेछ । उनीसँग प्राइम लाइफ, सूर्या लाइफ र प्रभु लाइफमा काम गरेर अनुभव छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स