स्वास्थ्य बीमा बोर्डमा ३८० जनालाई अस्थायी दरबन्दी

काठमाडौं । मन्त्रिपरिषदले स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैंठकले स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिरिपषदको बैठकले बोर्डमा ३८० जनाको लागि अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य बोर्डमा स्थायी दरबन्दी सुविधा नभएकोले मन्त्रिपरिषदबाट अस्थायी दरबन्दी स्वीकृत गरेको हो । अस्थायी दरबन्दीबाट काम चलाउँदै आएको बोर्डले सोही प्रक्रियालाई निरन्तरता दिएको हो ।

मन्त्रिपरिषद् निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् । त्यस्तै, मन्त्रिपरिषदको बैठकले छपाइ भएर प्रकाशन र चलनचल्तीमा नआएका हुलाक टिकट र हुलाक स्टेसनरीहरू प्रयोगमा नल्याइने निर्णय भएको बताए ।

त्यस्तै, सोमबारकै मन्त्रिपरिषदबाट कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको छ । साथै लोकसेवा तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने मन्त्रिपरिषदको बैठकबाट निर्णय भएको बुधबार सरकारका प्रबक्ता कार्कीले जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स