ज्योति लाईफ इन्स्योरेन्सको लाभांश संशोधन

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश संशोधन गरेको छ । इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

उक्त प्रस्ताव इन्स्योरेन्सले बीमा समिति लगाएको थियो । बीमा समितिको माघ ७ गते निर्देशन अनुसार इन्स्योरेन्सले लाभांश संशोधन गरेको हो ।

संशोधित लाभांश अनुसार इन्स्योरेन्सका सेयरधनीहरुले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) लागि पाउनेछन् ।

उक्त लाभांश इन्स्योरेन्सको आगामी साधारण सभाबाट पारित भए पश्चात लागु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स