सिटिजन लाइफको बीमा लेखमा प्रतिहजार ७३ रुपैयाँसम्म बोनस कसले कति पाउँछन् ?(सूचीसहित)

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि बोनसदर घोषणा गरेको छ । कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । बीमा कम्पनीले सबैभन्दा बढी बोनस सवाधिक तथा आजीवन बीमालेखमा सबैभन्दा बढी बोनस दिने भएको छ । ३० वर्ष वा सोभन्दा बढी अवधिको बीमा लेखको लागि प्रति हजार ७३ रुपैयाँको दरले बोनस दिने प्रक्रिया कम्पनीले थालेको हो ।

कम्पनीले अग्रमि भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउने छन् । कम्पनीले १० वर्षदेखि २४ वर्षसम्म अवधिको यस्तो बीमा लेखमा सो बोनसदर दिने सूचना सार्वजनिक गरेको हो ।

तीन उमेर समूहमा विभाजन गरिएको उक्त बीमा लेखमा १० देखि १४ वर्षसम्म अवधिको बीमा लेख खरिद गरेका विमितले ४४ रुपैयाँ प्रतिहजार पाउने छन् भने १५ देखि १९ वर्ष अवधिको बीमा लेख खरिद गरेका विमितले ४९ र २० देखि २४ वर्ष अवधिको बीमा लेख खरिद गरेका विमितले ५५ रुपैयाँ बोनस पाउने छन् ।

सावधिक जीवन बीमा योजनामा प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना (सावधिक) बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस घोषणा गरेको हो ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम ३६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स