रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल, मासिक ५ लाख तलब

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् । इन्स्योरेन्सको सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृती दिएको हो ।

समितिका एक निर्देशकका अनुसार पोखरेललाई आगामी बिहीबार माघ १३ गतेदेखि सीईओको पदभार समाल्ने गरी नियुक्ती दिएको हो ।

उनी ४ वर्षका लागि इन्स्योरेन्सका सीईओ भएका हुन् । पोखरेलले तलब र भत्तागरी मासिक करिब ५ लाख रुपैयाँ बुझ्ने छन् ।

पोखरलले यसअघि आईएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको जिम्मेवारी सम्हालिसकेका छन् भने उनीसँग बीमा क्षेत्रमा करिब ७ वर्ष काम गरेको अनुभव छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स