डेपुटी सीईओ पराजुलीको कमाल, नेपाल लाइफमा ६ महिनादेखि मौलाएको अभिकर्ता र व्यवस्थापनबीचको समस्या सुल्झियो

काठमाडौं । प्रविणरमण पराजुली नेपाल लाइफमा डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा भित्रिएको १० दिनमा कम्पनीभित्र रहेको अभिकर्ता र व्यवस्थापनबीचको विवाद टुंगिएको छ । डेपुटी सीईओ पराजुलीको यो कमालका कारण नेपाल लाइफमा ६ महिनादेखि मौलाएको अभिकर्ता र व्यवस्थापनबीचको समस्या अहिलेलाई सुल्झिएको हो । पराजुली आएपछि बीमा अभिकर्ताहरुको समस्यालाई समाधान गर्न रचनात्मक र सकारात्मक उद्देश्यले वार्ता जारी राखेका थिए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा सहमति भएको छ । नेपाल लाइफ व्यवस्थापनले यसअघि वृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै पक्ष सहमत भएका हुन् ।

मंगलबारको सहमति अनुसार स्ल्याव ९ लाख नवीकरण शुल्क २ लाखमा, १२ लाख ५० हजारको एजेन्सी म्यानेजर नवीकरण स्ल्यावमा ४ लाख ५० हजारबाट सेल्फ कोडमा १ लाख घटाइ ३ लाख ५० हजार बनाउने भएको छ । त्योभन्दा माथिको स्ल्यावमा घटाउने सहमति पनि कम्पनी व्यवस्थापन र संघर्ष समितिबीच भएको हो ।

अभिकर्ता संघले राखेका बाँकी मागहरू भने माघ महिनाभित्रै संसोशन गर्ने गरि केहि दिनमा कार्यदल बनाएर कम्पनी समक्ष पेश गर्ने विषयमा समेत छलफल भएको छ ।

नेपाल लाइफले गत साउन २४ गते बीमा अभिकर्ताको एजेन्सी स्ल्याव परिवर्तन गरेको थियो । गणेश अधिकारीको नेतृत्वमा बीमा अभिकर्ता केन्द्रीय संघर्ष समिति बनाएर नेपाल लाइफमा सुधारको माग सहित आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच सहमति भएसँगै नेपाल लाइफमा देखिएको विवाद टुंगिएको छ ।

केन्द्रीय संघर्ष समितिले बीमितको बोनस दर घटाउन नहुने, बीमा अभिकर्ता कर्जा पाउनुपर्ने, बीमितलाई पोलिसी नवीकरणमा ब्याज छुट दिनुपर्ने, जिरो कोडको अभिकर्ता अन्त्य गर्नुपर्ने, पुराना लोकप्रिय बीमा पोलिसी पुनः सुचारु गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका थिए ।

नेपाल लाइफ जीवन बीमा कम्पनीमा देशकै ठूलो सबैभन्दा बढी व्यवसाय, कर्मचारी, अभिकर्ता र शाखा सञ्जाल भएको कम्पनी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स