सिटिजन लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसेडर’ मा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसेडर) मा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना कालदेखि नै महजोडी सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरको रुपमा थिए ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर रहेको छ ।

यस सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन ।

हस्ताक्षर समारोहमा कलाकार द्वय श्रेष्ठ र आचार्यले नेपालीहरुको जीवन बीमा गराएर उहाँहरुको जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पु¥याउन र नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणीे सिटिजन लाइफ इन्स्योरेन्स जस्तो संस्थाको ब्राण्ड एम्बेसेडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए ।

जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पुर्याई सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्देश्यमा सधैँ साथ दिने प्रतिवद्धता जनाए ।

कम्पनीले व्यवसायिक करोवार शुरुवात गरेको छोटो समयमानै देशभर स्थापना गरिएका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरु विस्तार गरेको छ । सो शाखामार्फत बीमा कम्पनीले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । साथै, देशभरी रहेका सिटिजन लिडरहरुले बीमा दु्रतको रुपमा समाजमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूले आम नागरिकलाई पुयाएको सेवाका विषयमा धन्यवाद पनि व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स