नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित

काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री चयन भएका छन् । संघको शुक्रबार भएको साधारणसभाले क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्षेत्री यस अघि कार्यसमितिका महासचिव थिए । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सका सीइओ वीरेन्द्रबहादुरबैदवार उपाध्यक्ष र नेको इन्स्योरेन्सका सीइओ अशोक खड्का महासचिवमा चयन भएका छन् ।

कोषाध्यक्षमा आइएमइ जनरल इन्स्योरेन्सका सीइओ योगेशभक्तबादे श्रेष्ठ चयन भएका छन् ।

बीमक संघको सदस्यमा प्रभु इन्स्योरेन्सका संचित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सिईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सिईओ कुमार बहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

क्षेत्रीअघि दीपप्रकाश पाण्डेले दुई कार्यकाल नेतृत्व गरेका थिए । उक्त कार्य समितिको पदावधि सकिएपछि नयाँ नेतृत्व चयन गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स