पौडेल सिटिजन लाइफको सीईओमा पुनःनियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल पुनः नियुक्त भएका छन् । पौडेलको कार्यकाल यही पुस मसान्तमा समाप्त हुँदै थियो ।

बीमा समितिले पौडेललाई आगामी ४ वर्षको लागि सीईओमा निरन्तरता दिन स्वीकृती दिएको हो ।

उनको कार्यकाल थप गर्न पुस पहिलो साता नै कम्पनीका संचालक समितिले बीमा समितिमा स्वीकृतका लागि सिफारिस पठाएको थियो ।

जीवन बीमक संघका उपाध्यक्ष समेत रहेका पौडेल यस अघि बहुराष्ट्रिय कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफमा आवद्ध थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स