सूर्या लाइफ इन्स्योरेन्को १३औं वार्षिक साधारण सभा सम्पन्न, १३.३६% लाभांश पारित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।

सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।

सभाले चुक्तापूँजीको १२ दशमलव ७० प्रतिशत बोनस शेयर तथा शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

संस्थापक शेयरधनी समूह ‘क’ बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा,  विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा वीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका हुन् ।

बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार १०० कायम हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स